citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल टेलिकमको नाफा १ अर्ब ७३ करोड

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा १४.२० प्रतिशत ले थोरै हो । गत वर्ष यसले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यता, यस कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ । गत वर्ष ८ अर्ब ५८ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले भने बढेर ८ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ ।

यता, कम्पनीको वित्तीय आम्दानी भने १ अर्ब ७५ करोडबाट घटेर १ अर्ब १७ करोड रुपैयाँमा झरेको छ । यसले गर्दा यसको नाफा प्रभावित भएको हो ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी पनि ३० करोड ६६ लाखबाट घटेर २० करोड ६३ लाख रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ४५ रुपैयाँ रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ३९ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५३५ रुपैयाँ ०९ पैसा रहेको छ ।

 

gold
himalayan life insurance long ad