evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

आज सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र साहस उर्जासहित ४ फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज असोज १० गते सानिमा रिलायन्स र साहस उर्जासहित ४ फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यसदिन सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, साहस उर्जा लिमिटेड, एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१, नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

साहस उर्जा लिमिटेड बाहेक अरु ५ कम्पनीले लाभांश प्रयोजनको लागि शुक्रबार असोज ११ गते बुक क्लोज गर्दैछन् । साहस उर्जाले भने आइतबार असोज १३ गते बुक क्लोज गर्दैछ ।

शुक्रबार र शनिबार सेयर कारोबार हुँदैन । तसर्थ, ६ वटै कम्पनीको लाभांश सुरक्षित गर्ने आज नै अन्तिम दिन हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २३ गते साधारण सभा बोलाएको छ । साधारण सभा, आनमोल ब्यांकेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साहस उर्जा लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश वितरण गर्दै छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा पनि बोलाएको छ । साधारण सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

एनएमबि ५० ले गत वर्षको नाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्दै छन् । यी दुवै एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित फन्ड हुन् ।

यता, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कर सहित ५५ नगद लाभांश (प्रतिफल) वितरण गर्दैछ ।

नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट करसहित ८५ का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने जनाएको छ ।

himalayan life insurance
igi long