citizens life insurance long ad
stcnepal long ad
national life

नेप्सेमा एचआईडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर सूचीकृत

Prabhu Insurance Long Ad

काठमाडौं । हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को अवितरित हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गतको अवितरित हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त सेयर नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्नेछ ।

कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म अवितरित सेयर बिक्री गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल  आइएमई  क्यापिटलका अनुसार  उक्त  सेयरको  कटअफ  मूल्य १३५  रुपैयाँ कायम भएको हो ।

himalayan life insurance
igi long