sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आज मंगलबार नेप्से परिसूचक ३५.५५ अङ्कले बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक ३५.५५ अङ्कले बढेको छ ।यो सँगै नेप्से दुई हजार ६९६.६५ विन्दूमा रोकिएको छ ।

आज ३२९ वटा कम्पनीको चार करोड तीन लाख ७१ हजार ७७८ कित्ता शेयर दुई लाख ६ हजार ६४३ पटक खरिदबिक्री हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँ ९७ पैसाको कारोबार भएको छ ।

अघिल्लो दिन सोमबार २०.२४ अङ्कको करेक्सन आउँदा पनि १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो ।

हिजोको कारोबार रकम करिब तीन वर्ष यताकै उच्च थियो । यसअघि २०७८ भदौ ३ गतेको कुल कारोबार रकम २० अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

मौद्रिक नीति पछि खुलेको पहिलो दिन आइतबार ११३ अङ्कले बढेको बजारमा आज २०.२४ अङ्कको करेक्सन आएको थियो भने आज पुनः ३५.५५ अङ्कले बढेको हो ।

आज मंगलबार होटेल तथा पर्यटन समूहले सर्वाधिक ५.९९ प्रतिशत र फाइनान्स समूले ५.९८ प्रतिशतले मूल्य बढाएका छन् ।

gold
prabhu bank
nawakantipur long