citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल धितोपत्र बोर्डले ६ महिनापछि सेयर निष्कासन प्रक्रिया अघि बढाए

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ६ महिनापछि सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । तत्कालीन  अध्यक्ष  रमेशकुमार  हमालले राजीनामा दिएपछि २०८० को पुसदेखि बोर्ड नेतृत्वविहीन छ ।

त्यसयता साधारण सेयर थप सार्वजनिक निष्कासन र हकप्रद सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । बोर्डले अन्तिम पटक २०८० पुस १९ गते हकप्रद सेयर बिक्री खुलाउन अनुमति दिएको थियो । त्यसयता कुनै पनि प्रकारका सेयर बिक्री खुलेका छैनन् ।

पाइप लाइनमा रहेका सेयर बिक्री खुलाउने प्रस्ताव रोकिएका छन् । लामो समयपछि भने बोर्डले हकप्रद सेयर बिक्रीको अनुमति दिएको हो ।

बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका नरेन्द्रकुमार रानाले हिमालयन ऊर्जा विकासलाई हकप्रद सेयर बिक्री खुलाउन अनुमति दिएको हो । यससँगै कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुलाउनेछ ।

यतिबेला बोर्डको अध्यक्ष चयन प्रक्रिया अलपत्र परिरहेको छ । ऐनबमोजिम मन्त्रिपरिषद्को बैठकमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ ।

यसका लागि सर्ट लिस्टमा परेका ५ जनामध्ये ३ जना दुई पटकसम्म बोलाउँदा पनि अन्तरवार्ताका लागि गएनन् ।

यससँगै बोर्डको अध्यक्ष चयन प्रक्रिया अलपत्र परेको हो । ऐन बमोजिम रद्द नै हुने स्थिति आइपरेपछि बोर्ड अझै कति समय अध्यक्षबिहिन बन्नुपर्ने भन्ने निश्चित छैन ।

himalayan life insurance
igi long