stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

प्रिमियम मूल्यमा सागर डिस्टिलरीको १३.८८ लाख कित्ता शेयर बिक्री खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सागर डिस्टिलरीले आफ्ना संस्थापक शेयरधनीहरुका लागि प्रिमियम मूल्यमा थप शेयर बिक्री खुला गरेको छ।

कम्पनीले १३ लाख ८८ हजार कित्ता शेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको हो। शेयरधनीहरुको हाल कायम चुक्तापुँजीको अनुपातमा प्रतिकित्ता २०० रुपैयाँमा कम्पनीेले शेयर बिक्री खुलाएको छ। जसमा अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य १०० रुपैयाँ नै जोडिएको छ।

इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनी सञ्चालक समितिसमक्ष शेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य इच्छुक लगानीकर्ताका लागि शेयर बिक्री खुला गरिने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीको केही समयअघि सम्पन्न विशेष साधारण सभाले जारी पुँजीमध्येको १३ लाख ८८ हजार कित्ता साधारण शेयर प्रिमियम मूल्यमा बिक्री गर्ने निर्णय गरेको थियो।

 

prabhu mahalaxmi
kumari