stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

विदेशमा रहेका नेपालीले सन सेक्युरिटिजमा आजीवन निःशुल्क डिम्याट खाता खोल्न सक्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आज वैशाख २० गतदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई पुँजी बजारमा लगानीका लागि आवश्यक पर्ने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आवद्ध नेपालीहरुले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ ।

यस कम्पनीको वेबसाइटमा गएर रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरु संलग्न गरी खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।

साथै, सन सेक्युरिटिजका कर्मचारीहरु समक्ष भिडियोमा उपस्थित भइ भिडियो केवाइसी भेरिफाई गर्न पनि सकिने वा स्वयमले भिडियो केवाइसिमा दिइएको निर्देशनहरुको पालना गरी भिडियो केवाइसी भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

यो सेवासँग आवद्ध हुने क्रममा लगानीकर्तासँग कुनै पनि जिज्ञासा वा समस्या रहेमा यस कम्पनीको फेसबुक पेजको मेसेजबाट, ह्वाट्सएप तथा भाइबर नम्बर ९७६७२३३००० तथा कार्यालयको सपोर्ट नम्बर ०१५९७१५०० सम्पर्क गर्न सकिनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari