sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

१२ प्रतिशतले नागरिक लगानी कोषको नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासका अवधिसम्ममा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत वर्षको सोहि अवधिमा कोषले ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १२ दशमलव ३४ प्रतिशतले बढेको हो ।

कोषको जगेडा कोषमा ७ अर्ब २४ करोड रुपैयाँ संचित रहेको छ । चैत मसान्तसम्म कोषले मुद्दति निक्षेपमा ८५ अर्ब १४ करोड रुपैयाँ जम्मा गरेको छ कोषको कर्जा लगानी १७ अर्ब ८५ करोड रुपैयाँ जम्मा भएको छ ।

कोषको प्रतिसेयर आम्दानी ४ रुपैयाँले घटेर ३१ रुपैयाँमा समिति भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३५ रुपैयाँ रहेको थियो । कोषको प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँबाट बढेर २०८ रुपैयाँमा कायम भएको छ ।

gold
prabhu bank
nawakantipur long