citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

यी ५ कम्पनीको साधारण सभा आज बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज पुस २४ गते मंगलबार ५ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यस दिन तारागाउँ रिजेन्सी होटल्स, भगवती हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, त्रिशूली जलविद्युत कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरले साधारण सभा बोलाएका हुन् ।

यी मध्ये  तारागाउँ रिजेन्सी र  भगवती हाइड्रोपावरले मात्रै लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । अरु ३ कम्पनीको लगानीकर्ताको हात भने खाली हुनेछ ।

तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट ४% बोनस सेयर र कर प्रयोजन सहित ११% नगद गरी कुल १५% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

भगवती हाइड्रोपावरको वार्षिक साधारण सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि परित गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एकदिन बुक क्लोज गरिसकेको छ ।

युनिक नेपाल लघुवित्तको सभा कोहलपुर, न.पा–४, होटल सेन्ट्रल प्लाजा बाँकेमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  साधारणसभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

त्रिशूली जलविद्युत कम्पनीको सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस कम्पनीले लगानीकर्तालाई लाभांश नदिने भएको छ ।

कम्पनीको सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।

पञ्चकन्या माई हाइड्रोपावरले एकै साथ २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । सभा कुपण्डोल ब्यांकेट, कुपण्डोलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७८–७८ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना र स्वतन्त्रबाट १ जना सञ्चालक नियुक्ति गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

himalayan life insurance
igi long