macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज ५ कम्पनीको साधारण सभा बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज शुक्रबार पुुस २० गते नेप्सेमा सूचीकृत ५ कम्पनीको साधारण सभा बस्दैछ । यस दिन साधारण सभा बस्नेमा चिलिमे जलविद्युत कम्पनी, नेपाल फाइनान्स, सिटी होटल, बुद्धभूमि नेपाल हाइड्रोपावर र आँखुखोला जलविद्युत रहेका छन् ।

यी मध्ये चिलिमे जलविद्युत कम्पनीले मात्रै साधारण सभामा लाभांश प्रस्ताव गर्नेछ । अरु कम्पनीको लगानीकर्ताको हात खाली हुनेछ । चिलिमे जलविद्युत कम्पनीको २७ औं साधारण सभा राष्ट्रिय सभागृह भृकुटीमण्डप, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभाले सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५% नगद लाभांश (कर सहित) दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । सभा प्रयोजनको लागि चिलिमेले पुस ८ गते बुक क्लोज गरिसकेको छ ।

नेपाल फाइनान्सको ३१ औं वार्षिक साधारण सभा होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष एजेन्डा रहेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ ।

सिटी होटल लिमिटेडको साधारण सभा कालिमाटी ब्याक्वेटमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश वितरणसम्बन्धी भने कुनै पनि प्रस्ताव अघि सारेको छैन ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले आइतबार पुस ८ गते बुक क्लोज गरिसकेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको सभा अम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सभा बैभव पार्टी प्यालेस मैतीदेवीमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि यस हाइड्रोपावरले पुस १ गते बुक क्लोज गरिसकेको छ ।

himalayan life insurance
igi long
NTA long ad