macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज मङ्गलवार शेयर बजार ३६ अङ्कले बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । शेयर बजार आज मङ्गलवार बढेको छ । हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६.८६ अङ्कले बढेर १ हजार ९ सय ८५.४४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सीवाईसी नेपाल लघुवित्तको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज १ करोड २४ लाख कित्ता शेयर ४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

himalayan life insurance
igi long
NTA long ad