macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

इमर्जिङ नेपालले सेयरधनीलाई नगद लाभांश दिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मंसिर १५ गते शुक्रबार इमर्जिङ नेपाल लिमिटेडको  वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, बानेश्वर ब्यांकेट थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

उक्त वार्षिक साधारण सभामा यस कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ ।

वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर ५ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

himalayan life insurance
igi long
NTA long ad