macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

युनिलिभर नेपाल  को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।  युनिलिभर  नेपाल  लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

किन भने यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंगलबार मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्दैछ ।

युनिलिभरको साधारण सभा मंसिर २६ गते बस्ने भएको छ । सभा, होटल याक एन्ड यती, दरबारमार्गमा काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । साधारण सभाले कर सहित १५ सय ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले अहिलेसम्मकै धेरै नगद लाभांश वितरण गर्न लागेको हो ।सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।

यसका साथै कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतका सामाजिक र सामुदायिक परियोजनाहरुको खर्चहरु पारित गर्ने एजेन्डा पनि छ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसमा पनि छलफल हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad