macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज मंसिर १० गतेदेखि नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला

यस कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओ आज मंसिर १० गते आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।

यस कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । यस आइपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा आइपीओ बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला रहनेछ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको छ ।लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कस्तो छ रेटिङ ?

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट लिमिटेडले आइपीओलाई आइआरएन बीबी माइनस रेटिङ प्रदान गरेको छ ।

यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ । इन्फोमेरिक्स क्रेडिटले २०७९ पुस ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस ५ गतेसम्म बाहल रहनेछ ।

himalayan life insurance
igi long
NTA long ad