चन्द्रागिरी हिल्सले १८ लाख ४० हजार ९१० कित्ता आइपीओ ल्याउने

आर्थिक सञ्जाल
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ दरको १८ लाख ४० हजार ९१० कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यसले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आइपीओ अनुमित मागेको हो । प्रिमियम मूल्य वा फेस भ्यालूमा जारी गर्ने भनेर खुलेको छैन ।