macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नासा सेक्युरिटिजले ग्राहकहरुका लागि ल्यायो एआई च्याटबोटसँगै नौलो सुविधा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट शेयर ब्रोकरको कार्य गर्न अनुमति पाएको नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले ग्राहक र सर्वसाधारणका लागि नौलो सुविधाहरु सार्वजनिक गरेको छ ।

नासा सेक्यूरिटीजले आफ्नो वेवसाईटको साजसज्जामा परिवर्तन गरी एआई माध्यमबाट ग्राहकहरुको समस्या समाधान गर्न च्याटबटको पनि व्यवस्था गरेको छ ।

वेवसाईट खोल्नासाथ तल दायाँतर्फ च्याटबट संकेत देखिने र त्यसमा क्लिक गरी ग्राहकले आफ्नो चासो तथा समस्या राख्न सक्नेछन्

। एआईको माध्यमबाट समस्या समाधान र प्रश्नको सही जवाफ प्राप्त नभएमा सोही च्याटबटले सर्पोट टिकट बनाई नासा सेक्यूरिटीजका सम्बन्धित विभागका कर्मचारी समक्ष समस्या र गुनासो राख्न सकिने विकल्प पनि छ ।

सो पश्चात् कर्मचारीहरुले तत्कालै समाधान गरि सोको जानकारी गराउने व्यवस्था मिलाइएको प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए ।

नासाले यस वर्षको दशैंको शुरुवातसँगै खल्ती डिजिटल वालेटसँगको सहकार्यमा आफ्ना सम्पूर्ण ग्राहकहरुले एकमुष्ट रुपमा ९ सय ९० रुपैैयाँ तिरेर १० वर्षका लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सकिने सुविधा शुरु गरेको छ ।

खल्ती डिजिटल वालेट मार्फत् यसरी हितग्राही खाता नविकरण गरेमा रु. ९९० मात्र भुक्तानी गरी सो सुविधा प्राप्त गर्न सकिनेछ । यसका लागि खल्ती वालेटको एपमार्फत् डिम्याट र मेरो शेयर विकल्पमा गई नविकरण गर्नुपर्नेछ ।

नासाले आफ्नो वेवसाईट मार्फत नासा ट्रेडिङ स्कुल नामक ओपन लर्निङ प्लेटर्फम पनि ग्राहकहरुका लागि प्रस्तुत गरेको छ ।

वेवसाईटको मुख्य पृष्ठको पहिलो लहरमा रहेको यो लिंकमा गई सर्वसाधारणले रजिष्ट्रेशन गरी शेयर बजार र कारोबारबारे विविध जानकारीमूलक श्रव्यदृश्य सामाग्रीहरु निःशुल्क रुपमा हेरी ज्ञान प्राप्त गर्न सक्ने छन् ।

नासाले डिटिजल उपकरणहरुको स्तरोन्नति गरी सम्बन्धित निकायहरुबाट अनुमति प्राप्त गरी अनलाईन सर्टिफिकेशनसम्मको सुविधा दिने योजना बनाएको सञ्चालक पौैड्यालले जानकारी दिए ।

१ कात्तिक २०८०, बुधवार ०५:४६ बजे प्रकाशित

NTA long ad