macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सोनापुर मिनरल्सको आइपीओ आज बाँडफाँट हुँदै

आइपीओ हात पार्न भने भाग्यकै भर पर्नुपर्ने भएको छ । किनभने यसमा मागभन्दा १.५१ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ आज (असोज २४ गते बुधबार ) बिहान बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबी एस क्यापिटलका अनुसार आज बिहान ९ बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।

सोनापुर मिनरल्सको आइपीओ हात पार्न भने भाग्यकै भर पर्नुपर्ने भएको छ । किनभने यसमा मागभन्दा १.५१ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा ११ लाख १३ हजार ८५५ जनाले कुल १ करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ९ लाख ७३ हजार २५४ जनाले सेयर हात पार्नेछन् ।

बाँकी १ लाख ४० हजार ६०१ जनाको भने हात खाली हुनेछ । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको थियो ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बाहल रहनेछ ।

२४ असोज २०८०, बुधवार ०६:३५ बजे प्रकाशित

NTA long ad