नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।
१४ भदौ २०८०, बिहीवार ०७:१३ बजे प्रकाशित