अमेरिकी शेयर बजारमा वृद्धि, ब्याजदर नबढ्ने अपेक्षा
न्युयोर्क । अमेरिकामा रोजगारी सम्बन्धी नयाँ तथ्यांक कमजोर देखिएपछि अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर नबढाउने अनुमान बढेको छ । यससँगै शुक्रबार अमेरिकी शेयर बजारमा वृद्धि देखिएको छ ।
डाउ जोन्स परिसूचक २५० अंक अर्थात् ०.४९ प्रतिशतले बढेर ५१ हजार १७६ अंकमा पुगेको छ । एस एन्ड पी ५०० परिसूचक ०.७ प्रतिशतले बढेर ७ हजार ७२२ अंकमा पुगेको छ । नास्डाक परिसूचक पनि १.१९ प्रतिशतले बढेर २७ हजार १९० अंकमा बन्द भएको छ । अमेरिकी श्रम तथ्यांकअनुसार सेप्टेम्बरमा गैरकृषि क्षेत्रमा २९ हजार नयाँ रोजगारी मात्र थपिएको छ ।
यो अपेक्षाभन्दा निकै कम हो । बेरोजगारी दर पनि बढेर ४.२ प्रतिशत पुगेको छ । कमजोर रोजगारी तथ्यांकपछि अमेरिकी केन्द्रीय बैंकले अक्टोबरको बैठकमा ब्याजदर नबढाउने सम्भावना बढेको बजार विश्लेषकले बताएका छन् । यसले लगानीकर्ताको मनोबल बढाउन सहयोग गरेको छ ।
यसैबिच, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । आपतकालीन भण्डारबाट ठूलो परिमाणमा तेल तथा डिजेल बजारमा ल्याउने सहमति भएपछि अमेरिकी कच्चा तेलको मूल्य प्रतिप्यारेल ९१ डलर ११ सेन्टमा झरेको छ ।
कम्पनीतर्फ, नाइकीको शेयर मूल्य करिब ३.६ प्रतिशतले घटेको छ । कम्पनीको आम्दानी अपेक्षाभन्दा कम भएपछि शेयर मूल्यमा गिरावट आएको हो ।
टेस्लाको शेयर मूल्य भने ४.६५ प्रतिशतले बढेको छ । एनभिडिया, एएमडी र अन्य केही प्रविधि कम्पनीका शेयर मूल्य पनि उच्च विन्दुमा पुगेका छन् । रास





















