citizens life insurance long ad

कवि फुयाँल सन नेपाल लाईफ इन्स्योरेन्सबाट राजीनामा दिएर बाहिरिए 

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडमा दोश्रो कार्यकाल शुरू नहुँदै राजीनामा दिएर बाहिरिएका कवि फुयाँलले सन नेपाल लाइफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका छन्।

सम्बद्ध श्रोतका अनुसार, फुयाँलले शुक्रबारदेखि लागू हुने गरी पदबाट राजीनामा गरेका हुन् । आइएमई लाइफबाट बाहिरिएका फुयाँल झण्डै ६ महिना पेशाबाट टाढा रहेर २०८१ फागुनमा सन नेपाल लाइफ प्रवेश गरेका थिए ।

उनी पहिलो कार्यकाल पुरा भएलगत्तै आइएमई लाइफबाट राजीनामा दिएर वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा सन नेपाल लाइफमा प्रवेश गरेका थिए ।

आइएमई लाइफमा २०७७ भदौ ७ गते पहिलो ४ वर्षे कार्यकालका लागि नियुक्त फुयाँललाई सञ्चालक समितिले २०८१ साउन १४ गते थप ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।

फुयाँल,आइएमई लाइफले व्यवसायीक कारोबार शुरू गरेको ७ वर्षको अवधिमा पुरा ४ वर्षको कार्यकाल पुरा गर्ने मात्र नभएर दोश्रो कार्यकालका लागि समेत सम्झौता नविकरण गराउन सफल एक मात्र प्रमुख कार्यकारी अधिकृत हुन् ।

उनी अघि राकेश पोखरेल र श्रीचन्द्र भट्ट, दुबैले प्रमुख कार्यकारी अधिकृत पदमा पुरा कार्यकाल काम गर्न सकेका थिएनन् ।

भट्टको राजीनामा पछि फुयाँलले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको बजार प्रमुख पदबाट राजीनामा दिएर २०७७ भदौ ४ गते आईएमई लाईफको नेतृत्व सम्हालेका थिए ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल दाहालविरूद्ध फौजदारी अभियोगमा गत जेठ २८ गते मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका छन् ।

कम्पनीले नयाँ प्रमुख कार्यकारी नियुक्तिका लागि आवेदन माग गरेपनि सो विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएपछि नियुक्तिको प्रकृया स्थगित हुन पुगेको छ।

IME Lifesidebar
kumari