citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

इरानसँग युद्धविराम सम्झौतामा सहमति भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविराम सम्झौतामा सहमति भएको घोषणा गरेका छन् । उनले अब खाडीमा रहेको हर्मुजको जलडमरूमबाट निःशुल्करूपमा मालवाहक जहाजबाट ढुवानी सुरु हुने बताएका छन्।

पछि आइतबार इरानका उप-विदेशमन्त्रीले पनि सम्झाैताको पुष्टी गरेका छन् । यो सम्झौताले इरान र अमेरिकाबीचको शत्रुता तुरुन्तै अन्त्य गर्ने अपेक्षा गरिएको छ।

अल जजिराका अनुसार, राष्ट्रपति ट्रम्पले भनेका छन्, यो सम्झौताले हर्मुजको जलडमरूमबाट निःशुल्क ढुवानीको बाटो खुल्नेछ। यो समुद्री मार्ग गत डिसेम्बर २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेदेखि धेरै हदसम्म बन्द छ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब टुङ्गो लागेको छ।”

“सबैलाई बधाई छ! म हर्मुजको जलडमरूम पारवहन निःशुल्क खुल्ला गर्ने पूर्ण अधिकार दिन्छु, र यसैसँगै, संयुक्त राज्य अमेरिकाको नौसेना नाकाबन्दी तुरुन्तै हटाउने घोषणा गर्छु। विश्वका पानी जहाजहरूले आफ्ना इन्जिनहरू शुरू गर्नुहोस्। तेल ढुवानी गर्न दिनुहोस्!”

उनले पछि भने, “यो महान सम्झौताले सम्पूर्ण क्षेत्रमा शान्ति र सुरक्षा ल्याउनेछ।” र इरानसँगको थप व्यापक शान्ति सम्झौता पछि आउने संकेत गरेका छन्।

राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले अाफ्नो प्रशंसामा भनेका छन्, “धेरै राष्ट्रपतिहरूले इरानसँग शान्ति स्थापना गर्ने प्रयास गरे, र मभन्दा अघिका सबै असफल भए। यस क्षेत्रका नेताहरूले पहिलो पटक वास्तविक शान्ति प्राप्ती गर्न सक्षम राष्ट्रपति फेला पारेका छन्।

समुद्री मार्गमा राखिएको बिष्फोटक पदार्थ हटाउने उद्देश्यका लागि शुक्रबार सम्झौतामा हस्ताक्षर भएपछि जलडमरूम खुलेसँगै, क्षेत्र र विश्वको लागि फेरि दुबै छेउमा तेल बग्नेछ!

पाकिस्तानी प्रधानमन्त्री शेबाज शरीफले लेबनान सहित सबै मोर्चामा लडाईं अन्त्य गर्ने बताएपछि ट्रम्पको घोषणा आएको हो।

“गहन वार्ता पछि, हामी संयुक्त राज्य अमेरिका र इरानको इस्लामिक गणतन्त्र बीचको शान्ति सम्झौतामा पुगेको घोषणा गर्न पाउँदा खुसी छौं। दुबै पक्षले लेबनान सहित सबै मोर्चामा सैन्य अपरेशनको तत्काल र स्थायी अन्त्यको घोषणा गरेका छन्,” शरीफले सामाजिक सञ्जालमा लेखेका छन् ।

IME Life
kumari