citizens life insurance long ad

विमान सेवा कम्पनीहरूको मूल्य करिब ५३ अर्ब डलरले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

इरानसँगको युद्धपछि विश्वका ठूला विमान सेवा कम्पनीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ । एक अध्ययन अनुसार २० प्रमुख सूचीकृत विमान सेवा कम्पनीहरूको कुल मूल्य करिब ५३ अर्ब डलरले घटेको छ ।

युद्धका कारण मध्यपूर्वका धेरै देशमा व्यावसायिक उडानहरू बन्द गर्नुपरेको छ, जसले कम्पनीहरूको आम्दानीमा सीधा असर पारेको छ ।

यस्तै, विमान इन्धनको मूल्य पनि तीव्र रूपमा बढेको छ । विमान सेवाको कुल खर्चको ठूलो हिस्सा ओगट्ने इन्धनको मूल्य युद्ध सुरु भएपछि दोब्बर भएको जनाइएको छ । इन्धन महँगो भएसँगै आगामी दिनमा हवाई टिकटको भाडा बढ्ने सम्भावना समेत देखिएको छ।

IME Lifesidebar
kumari