macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आजबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको  प्रिमियम भाउमा आइपीओ खुला

इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साउन २३ गते कार्यालय समयबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला भएको छ ।

इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यसमध्ये १०% अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ।

त्यस्तै, ५% (६ लाख कित्ता सेयर) कर्मचारी र ५% (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले  सी–आस्वा  प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्योरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले  २०८० असार ४ गते यो रेटिङ दिएको  हो ।  यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

himalayan life insurance
igi long
NTA long ad