stcnepal long ad
global ime bank long

नेशनल लाईफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ” सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकार सन्दिप क्षेत्रीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब २५० जना बरिष्ठ अभिकर्ताहरुलाई घलेगाउँ भ्रमण गराइएको थियो । घलेगाउँ भ्रमणका क्रममा तहाँको स्थानिय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै मनोरम दृष्य अवलोकन समेत गराईएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुको घलेगाउँ भ्रमण कार्यक्रममा सहभागिता रहेको थियो ।

साथै, कलाकार सन्दिप क्षेत्रीसंग अभिकर्ताहरुलाई साक्षात्कार गराउने उदेश्यले घलेगाउँ भ्रमण पश्चात पोखरामा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउनु हुँदै योजनामा छनौट हुन सफल हुनु भएका सम्पुर्ण अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

समापन कार्यक्रममा कलाकार सन्दिप क्षेत्रीको एकल मनोरञ्जानात्क प्रस्तुती रहेको थियो । वहाँको प्रस्तुतीबाट मनोरञ्जनका साथै आफूहरुको वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास सहभागि अभिकर्ताहरुले व्यक्त गरेका थिए साथै वहाँहरुले नेपालका राष्ट्रिय चर्चित कलाकार संग साक्षात्कार गर्ने अवसर जुराइदिनु भएकोमा कम्पनी प्रति आभार समेत व्यक्त गरेका थिए ।

IME Lifesidebar
kumari