Everest Bank
nabil bank
national life
stcnepal long ad

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले परिपक्व तथा आवाधिक बीमा भुक्तानी लिन आउन आग्रह

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले परिपक्व तथा आवाधिक बीमा भुक्तानी लिन आउन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै बीमा पोलिसी परिपक्व भएका तथा आवाधिक बीमा दाबी भुक्तानी लिन आफ्ना बीमितहरुलाई आग्रह गरेको हो ।

कम्पनीले विभिन्न मितिमा यस कम्पनीबाट विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको दाबी भुक्तानी तथा अग्रिम योजनाको हकमा बीमालेख अनुसारको अवधि पुरा भई भुक्तानी रकम लिने समय भइसक्दा समेत हालसम्म रकम नलिएका बीमितहरुलाई उक्त रकम लिन आग्रह गरेको हो ।

भुक्तानी रकम नलिएका ग्राहकहरुले सम्बन्धीत कागजात सहित आफुलाई पायक पर्ने कम्पनीको नजिक शाखा कार्यालयमा सम्पर्क गरी बीमालेख अनुसारको परिपक्व एवम आवधिक दाबी भुक्तानी लिन आग्रह गरेको छ ।

२ चैत २०७९, बिहीवार १७:५३ बजे प्रकाशित

stcnepal long ad