sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आज नेपाल लाइफ इन्स्योरेन्सको २२औं वार्षिक साधारण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज मंसिर ८ गते नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२औं वार्षिक साधारण सभा  हुँदैछ । कम्पनीको कार्तिक ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बिहान ९ बजे होटल भिष्वा विरगंजमा हुने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरिसकेको छ । त्यसकारण कात्तिक १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक कार्य प्रगति विवरण पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान, हिसाव, नगद प्रवाह,वित्तीय विवरण लगायतका विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै,  सभाले  कम्पनीको  लेखापरीक्षण समितिले गरेको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८ /७९ को लागि लेखापरीक्षक  नियुक्ति गर्ने, निजको  पारीश्रमिक  तोक्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई अनुमोदन गर्नेछ । त्यस्तै, सभामा संचालक समितिले गरेको स्वतन्त्र संचालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।

prabhu bank
nawakantipur long