evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

हिमालयन जनरल ईन्स्योरेन्सले २०० करोड प्रिमियम संकलन गर्न सफल

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कं. लि.ले  २०७९ आषाढ २४ गते २०० करोड प्रिमियम संकलन गर्न सफल भएको छ । उक्त कम्पनीको इतिहासमा नै पहिलो पटक २०० करोड प्रिमियम संकलन गर्न सफल भएकोमा झम्सिखेल स्थित होटल VIVANTA मा एक संक्षिप्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा संचालक समितिका अध्यक्ष, संचालकहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले केक काट्नुका साथै सम्पूर्ण कर्मचारीहरुमा वधाई ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कर्मचारीहरुमा वधाई तथा धन्यबाद ज्ञापन गर्दै आफू अत्यन्त उत्साहित भएको र आगामी दिनहरुमा कम्पनीलाई नेपाली बीमा बजारमा उल्लेख्य र सबल कम्पनीको रुपमा प्रस्तुत गरिने बताउनु भयो ।

 

igi long
himalayan life insurance long ad