citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन ,खुद बीमा शुल्क आर्जन ११ प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेका छन् ।

१ अर्ब १६ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३२ करोड ३१ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २८ करोड ९३ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

 

यस अवधिमा कम्पनीको बीमा कोषमा ९० करोड ७४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७८ करोड ८९ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा ४६ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ५१ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११ दशमलव ४९ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा १६ करोड २० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १५ करोड ९८ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा सामान्य प्रतिशतले बढेकोे हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले १५ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २१३ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long