citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सन नेपाल लाइफ इन्स्योरेन्सको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

खुद नाफामा ५० प्रतिशतको वृद्धि

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सन नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा राग्रो प्रगति गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा ९ करोड ५५ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा ५० प्रतिशतको वृद्धि देखिएको छ।

 

कम्पनीले ९ महिनाको अवधिमा २ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क आर्जन २८ दशमलव २० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ३४ लाख रकम छ भने जीवन बीमा कोषमा ३ अर्ब ३६ करोड रकम रहेको छ । जीवन बीमा कोष ५४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले निकट भविष्यमा आईपीओ निस्काशन गर्दै छ।

 

himalayan life insurance
igi long