citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युनियन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते साधारण सभा 

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले वैशाख २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, टाइगर प्यालेस रिसोर्ट भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पेश गर्दैछ ।

स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिको प्रस्ताव पनि पेश गर्दैछ । सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ ।

बिमा समितिले जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएसँगै कम्पनीहरु मर्ज एक्वायरमा जान तातेका छन् ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यसले वैशाख मंगलबार १३ गते बुक क्लोज गर्दैछ । सोमबार वैशाख १२ गतेसम्म कायम सेयरधनीले कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

himalayan life insurance
igi long