citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

नेको इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सले सभा आफ्नो केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न गरेको जनाएको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले उक्त प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । आर्थिक वर्ष २०७७र०७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गरेको छ ।

त्यस्तै, साधारण सभाले कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७४/०७५ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा । साविककै लेखापरीक्षक केएमयू एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्टस् पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

सभाले निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित र उक्त संशोधनहरूमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार कम्पनीको कार्यालयको ठेगाना सम्बन्धमा, विशेष प्रस्ताव बमोजिम जारी गरिने बोनश शेयरको हदसम्म जारी पूँजी तथा चूत्ता पूँजी बृद्धि गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

IME Life
kumari