नयाँ बीमा बोनस दर घोषणा हुँदै
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को लागि १० जीवन बीमा कम्पनीहरुले नयाँ बोनसदर घोषणा गरेका छन् । नयाँ बोनसदर घोषणा गर्ने कम्पनीहरुमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, मेट लाइफ इन्स्योरेन्स कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ, एशियन लाइफ, सूर्या लाइफ, नेशनल लाइफ, सिटिजन लाइफ रहेका छन् । बीमा समितिले एक्चुअरी भ्यालुएसन स्वीकृत गरेसँगै यी कम्पनीहरुले नयाँ बोनसदर घोषणा गरेका हुन् ।
अब ९ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्न बाँकी रहेको छ । बोनसदर घोषणा गर्न बाँकी चार कम्पनीले एक्चुरी मूल्याङकनको रिपोर्ट नै तयार पारेका छैनन् भने एलआइसी, सन नेपाल र यूनियन र आइएमई लाइफले एक्चुरी रिर्पार्ट समितिमा पेश गरी स्वीकृतको प्रक्रियामा रहेका छन् ।
नेपाल लाइफको एक्चुरी भ्यालुएशनको रिपोर्ट समितिले स्वीकृत गरिसकेको छ तर कम्पनीको नयाँ बोनसदर भने घोषणा भएको छैन् ।
हरेक वर्ष कम्पनीको एक्चुरियल भ्यालुएसपछि घोषणा गरेको बोनसदरले सोही वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनस पाउँछन् ।
कम्पनीहरुको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बिमांकीय प्रतिवेदन बीमा समितिबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेका हुन् ।
कुन कम्पनीको बोनसदर कति ?
१, प्राइम लाइफ इन्स्योरेन्स
प्राइम लाइफले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ निर्धारण गरेको छ ।
१० देखि १४ वर्ष अवधिदेखि २५ वर्ष वा सोभन्दामाथि अवधिकोे लागि न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।
सावाधिक तथा आजीवन बीमालेखमा ९ वर्ष अवधिदेखि तथा २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार न्युनतम ३६ रुपैयाँ, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष देखि २५ वर्ष अवधिभन्दा माथिको लागि कम्पनीले प्रति हजार न्युनतम ४० रुपैयाँ, अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।
त्यस्तै, प्राइम जीवन उपहार (अग्रिम भुक्तानी तथा सावाधिक) जीवन बीमा योजना र अन्य म्यादी जीवन बीमा योजनामा कम्पनीले एउटै बोनसदर ९३२. ४००७२ रुपैयाँ कायम गरेको छ ।
२. ज्योति लाइफ इन्स्योरेन्स लि.
ज्योति लाइफ इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा ९ वर्षसम्म, २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिनेछ ।
कम्पनीले सावाधिक तथा आजीवन बीमालेखको हकमा पनि ९ वर्षसम्म,२५ वा सोभन्दा माथि अनधिको लागि न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म तथा अग्रिम भुक्तानी बीमालेखमा अधिकतम ५० रुपैयाँ बोनस दिने भएको छ ।
३,, महालक्ष्मी लाइफ इन्स्योरेन्स
महालक्ष्मी लाइफले प्रतिहजार न्युनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म घोषणा गरेको छ । कम्पनीले महालक्ष्मी सावधिक जीवन बीमालेखमा ५ देखि १५ वर्ष सम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको लागि ५१ रुपैयाँ , २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।
महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर तोकेको छ ।
त्यस्तै, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा ५ देखि १५ वर्ष अवधिको लागि ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि एउटै बोनसदर कायम गरेको छ । जसमा बीमितहरुले ४० रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ५० रुपैयाँ कायम गरेको बताएको छ ।