citizens life insurance long ad

नेपाल लाइफको बीमा भुक्तानीमा ढिलासुस्ती

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालकै नम्बर एक दावी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियम विपरीत काम गरेपछि बीमा समितिको कारवाहीमा परेको छ ।

बीमा गर्दा अनेक सपना बाँड्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा रकम दावी गर्नेहरुलाई चाहिं एक वर्षसम्म झुलाउने, अनेक झन्झट दिएर हैरान पार्ने गरेको गुनासो पनि व्यापक रहेको पाइएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन ज्योति बीमा योजना अन्तरगत बीमा गरेकाहरुलाई हैरान पार्ने गरेको चर्चा छ । ठूलठूला सपना पस्किएर जीवन ज्योति बीमा योजना अन्तर्गत बीमा गर्ने परिवारका हकवालाहरुलाई पीडित बनाएको जानकारी हुन आएको छ ।

मृतकका परिवारले सम्पूर्ण प्रक्रिया पुरयाएरसमयमै डकुमेन्टहरु बुझाउदा पनि बीमा रकम दावी गर्दा अनेक झमेला खडा गरेर वीमितका परिवारहरुलाई पीडित बनाउने गरेको गुनासो छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन ज्योति बीमा योजनामा एक वर्षका उमेरदेखि ६५ वर्षका उमेरसम्मका मानिसहरुका लागि अगाडि सारेको थियो । बीमा रकम मासिक पाँच हजार र आम्दानी अनुसार बढी पनि रकम बुझाउन सकिने व्यवस्था गरेको थियो ।

पोलिसी टर्म चाहिं न्यूनतम् ५ वर्ष र अधिकतम् ३० वर्ष तोकिएको थियो । विभिन्न प्रलोभन दिएर, सपना बाँडेर जीवन ज्योति बीमा योजना गराएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वीमितहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेर आवश्यक प्रमाणका डकुमेन्ट बुझाउँदा पनि अनेक अत्तो थापेर बीमा दावी रकम एक वर्षसम्म पनि भुक्तानी नगरेको गुनासो पीडितहरुको रहेको छ ।

यस्तै नियम विपरीत काम गरेको भन्दै बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही समेत गरेको छ । नियम विपरीत एकभन्दा बढी समिति/उपसमितिमा सञ्चालकहरूलाई आबद्ध गराएको र योग्यता नपुगेको व्यक्तिलाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेको लगायत विषयमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

२०७८ पुस ६ मा बसेको बीमा समितिको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयमा भनिएको छ– ‘उक्त कम्पनीमा १४ वटा समितिरउपसमितिमध्ये सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ र विमल ढकाल ३ वटा समिति/उपसमितिमा संयोजक रहेको देखिन आएको हुँदा यस समितिबाट जारी बिमकको संस्थागत सुशासनसँग सम्बन्धित निर्देशिका २०७५ को व्यवस्था विपरीत रहेको देखियो’ले कारवाहीको भागी भएको हो ।

नियम उल्लंघन गरेका कारण बारम्बार बीमा समितिको कारवाहीमा पर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाज शरम पचाएर आफूलाई एक नम्बरको जीवन बीमा कम्पनी भनेर प्रचार गर्दै आएको छ ।

बिमकको संस्थागत सुशासनसँग सम्बन्धित निर्देशिका २०७५ मा एउटा समिति तथा उपसमितिमा संयोजक रहेको रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा संयोजक हुन नपाउने व्यवस्था छ ।

कम्पनीका सहायक महाप्रबन्धक अमित कुमार कयाललाई आवश्यक योग्यता नपुगेकै अवस्थामा नायब महाप्रबन्धक पदमा नियुक्त गरेका विषयमा पनि नेपाल लाइफ इन्स्योरेन्सलाई समितिले कारबाही गर्ने निर्णय गरेको हो ।

 

IME Life
kumari