citizens life insurance long ad
stcnepal long ad

प्राइम लाइफ इन्स्योरेन्सको आज मंसिर १९ गते साधारण सभा बस्दै 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि.को ले आज मंसिर १९ गते १४औं वार्षिक साधारण सभा हुँदैछ । कम्पनीको कार्तिक २३ गते विहान बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको थियो । सभा दिनको २ बजे हुँदैछ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव पारित हुने जनाइएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको बताइएको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले गत मंसिर १० गते बुक क्लोज गरेको थियो। यसका आधारमा मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउन तथा साधारण सभामा आज लिन पाउने छन् ।

 

 

IME Life
kumari