citizens life insurance long ad
stcnepal long ad

सबै बीमा कम्पनीले पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

सबै बीमा कम्पनीले पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने

काठमाडौं। नेपालमा व्यवसाय गरिरहेका सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुले अब पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई नै दिनुपर्ने भएको छ।

नियामक बीमा समितिले गत बिहीबार परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको जनाएको छ । निर्देशन अनुसार स्वदेशी पुनर्बीमा कम्पनीले कुनै पुनर्बीमा गर्न अस्वीकार गरेको खण्डमा मात्रै विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्न पाउने छन्।

‘स्वदेशी पुनर्बीमकले कुनै पुनर्बीमा अस्वीकार गरेको खण्डमा त्यसरी अस्वीकार गरेको अंशको ‘पुनर्बीमा पुनर्बीमा निर्देशिका, २०७८’ मा उल्लेख भएबमोजिमको योग्यता पुगेको विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने’, निर्देशनमा उल्लेख गरिएको छ।

विदेशी पुनर्बीमा कम्पनीलाई भुक्तानी गर्नका लागि बीमा समितिसँग पुनर्बीमा सटही सिफारिस माग गर्दा स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा अस्वीकार गरेको प्रमाण पेस गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

समितिले बीमकले आफूले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत हिस्साका सम्बन्धमा हालको व्यवस्था कायम राखेको छ। बीमा ऐन, २०४९ को दफा २८ ले बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बीमा समितिले तोकेबमोजिम गराउनुपर्नेछ भन्ने व्यवस्था गरिएको छ।

यसैगरी बीमा नियमावली २०४९ को नियम ६ को उपदफा ९१० मा बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिम पुनर्बीमा गराउन सक्नेछ भन्ने व्यवस्था रहेको छ ।

सोही दफाको उपदफा (२) उपनियम (१) बमोजिम गरी पुनर्बीमा व्यवसायको किसिम तथा अन्य व्यवस्था समितिले तोकिए बमोजिम हुनेछ भन्ने उल्लेख गरिएको छ।

IME Life
kumari