stcnepal long ad
global ime bank long

शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रु. ४४.५० करोड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको जनाएको छ । समीक्षा अवधिमा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

जुन गत वर्षको सोही अवधिको तुलनामा २.५३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको जनाएको छ।

यो अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५.१८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा यस्तो आय ४ करोड ५५ लाख रुपैयाँ गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले १५ करोड ७२ लाख ५२ हजार खुद दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १०.५८ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

प्रथम त्रैमासमा कम्पनीको खुद नाफा ९.२८ प्रतिशतले बढेको छ। कम्पनीले यो अवधिमा १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा १२ करोड २३ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब ३६ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा बीमा कोषमा १ अर्ब ११ करोड रुपैयाँको थियो । जगेडा तथा कोषको आकार भने घटेर ६३ करोड ८८ लाख रुपैयाँ सीमित भएको छ । गत वर्ष जगेडामा ८९ करोड ७४ लाख रुपैयाँ रहेको जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीले ७६ हजार ९७ वटा बीमालेख जारी गरेको छ। गत वर्ष यही अवधिमा ७६ हजार ९२५ बीमालेख जारी गरेको थियो। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३०.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५६.९१ गुणा र प्रतिसेयर नेटवर्थ २२६.७६ रुपैयाँ रहेको सो कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari