sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

६१ प्रतिशतले जनरल इन्स्योरेन्सको खुद नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १० करोड ४७ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५ करोड ७२ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १२ करोड ८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६ करोड २९ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको हो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमाससम्ममा ७ करोड २८लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २५ दशमलव २६ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको खुद नाफा ३ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २ करोड ३७ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ६१ प्रतिशतले बढी हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले २ करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ६२ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ३४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२३ रुपैयाँ ४७ पैसा रहेको छ ।

prabhu bank
nawakantipur long