stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

नेप्सेमा सानिमा लाइफको आइपीओ सुचिकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ सुचिकृत भएको छ । आज कम्पनी र नेप्सेबीच दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेप्सेका तर्फबाट निमित्त सीईओ निरन्जन फुयाल र कम्पनीका तर्फबाट सीईओ अगम मुखियाले हस्ताक्षर गरेका छन्। कम्पनीको २ करोड कित्ता आइपीओ सुचिकृत भएको हो । यससँगै अब कम्पनीको दोस्रो बजारमा शेयर कारोबार हुनेछ ।

कम्पनीको शेयर डिम्याट खातामा आएसँगै दोस्रो बजारमा कारोबार हुन लागेको हो । डिम्याट खातामा सानिमा लाइफलाई ‘एसएलआई’ सिम्बोल प्रदान गरिएको छ ।

दोश्रो बजारमा हुने पहिलो शेयर कारोवारका लागि न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।

सानिमा लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ०७६/०७७ को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ०७५/०७६ को किताबी मूल्य १०३ रुपैयाँ १७ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

himalayan life insurance
igi long