citizens life insurance long ad
stcnepal long ad

प्राइम लाइफ इन्स्योरेन्सले ३० कराेड ८० लाख कमायाे

आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सले ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्ष २०७७/०७८ मा नाफा ३.२५ प्रतिशत ले बढेकाे छ । प्राइम लाइफकाे जीवन बिमा कोषमा पनि उल्लेख्य बृद्धि भएकाे छ । आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सले ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ३.२५ प्रतिशत ले बढी हो । अघिल्लो आर्थिक वर्ष यसले २९ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको जीवन बिमा कोषको आकार पनि २८.०४ प्रतिशत ले बढेर १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यसको जीवन बिमा कोषमा ११ अर्ब ४७ करोड रुपैयाँ थियो । यसको खुद बिमा शुल्क २२.११ प्रतिशतले बढेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । प्राइम लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ भने १३५.०७ पैसा छ ।

 

IME Life
kumari