प्रभु इन्स्योरेन्सको संचालक परिर्वतन
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीमा संचालक परिवर्तन भएका छन् । इन्स्योरेन्सको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङको तर्फबाट कृष्णबहादुर कुंवरको प्रतिनिधित्वको सट्टामा केशवराज आचार्यले प्रतिनिधित्व गर्ने भएको छ।
इन्स्योरेनसको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले हालको नेपाल होल्डिङ (साविकको नेपाल मनी रेमिट प्रा.लि) को तर्फबाट आचार्यलाई चयन गरेको कम्पनीले नेप्सेको सूचना मार्फत जनाएको छ ।






















