stcnepal long ad
global ime bank long

१९ मध्ये १६ जीवन बीमा कम्पनीले घोषणा गरे नयाँ बोनसदर, कसको कति ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को लागि धमाधम नयाँ बोनसदर घोषणा गरिरहेका छन् । १९ जीवन बीमा कम्पनीहरुमध्ये १६ वटा कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई कम्पनीले मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा नयाँ बोनसदर घोषणा गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, ज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, महालक्ष्मी लाइफ, मेट लाइफ, सूर्या लाइफ, नेशनल लाइफ, प्रभु लाइफ, प्राइम लाइफ, रिलायन्स लाइफ, नेपाल लाइफ, सानिमा लाइफ र आईएमई लाइफ, एशियान लाइफ, यूनियन लाइफ र रिलायबल नेपाल लाइफले बीमा समितिबाट आर्थिक बर्ष २०७५/०७६ को बोनसदर स्वीकृति पाएका छन् ।

बीमा कम्पनीहरुले सार्वजनिक गनर्जे हरेक वर्षको बोनसदरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा पाउने प्रतिफल नै बोनस हो । यदि बीमितले आर्थिक वर्ष २०७५/०७६ मा ६० हजार रुपैयाँ प्रिमियम भुक्तानी गर्छन् भने ५० र बोनसदर गुणा गरिन्छ । यस्तोे रकम बीमा अवधि पुरा भएपछि एकमुष्ठ रुपमा बीमितले प्राउने गर्छन् ।

कुन बीमा कम्पनीको बोनसदर कति ?

सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/०७६ को लागि न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर कायम गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको लागि ३७ रुपैयाँ देखि ७० रुपैयाँ सम्म, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४४ रुपैयाँ देखि ५५ रुपैयाँ सम्म, वार्षिक अग्रिम भुक्तानी जीवन बीमा २५ रुपैयाँ देखि ३५ रुपैयाँ, सिटिजन शुभारम्भ जीवन बीमा योजना ९सावधिक० मा ३५ रुपैयाँ देखि ७० रुपैयाँ सम्म र सावधिक जीवन बीमा योजनामा ३८ रुपैयाँ देखि ७३ रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेख, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षसम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमितले ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यस्तै, अग्रीम भुक्तानी बीमालेख अन्तर्गत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७५/०७६  को लागि न्यनतम ६६ देखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर दिने भएको छ ।

कम्पनीले सावधिक तथा रुपान्तरित सावधिक जीवन बीमा योजनामा २५ वर्ष वा सोभन्दा माथीको अवधिमा ८० रूपैयाँ बोनस दर दिने भएको छ । धन वृष्टि जीवन बीमालेखमा प्रति हजार ६६ रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक र अग्रिम भुक्तानी (बाल) बीमालेखमा ६६ देखि ६८ रुपैयाँ सम्म बोनस दर सार्वजनिक गरेको छ । त्यस्तै आजीवन बीमालेखमा बीमितहरुले २० वर्षे योजनामा ७७ रुपैयाँ, १५ वर्षेमा ६८ रुपैयाँ र १० वर्षे योजनामा ६६ रुपैयाँ बोनस पाउनेछन् ।

नेशनल लाइफ इन्स्योरेन्स
नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम ६४ देखि अधिकतम ८५ रूपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले सावधिक तथा सामुहिक जीवन बीमालेखमा ६४ रुपैयाँ देखि ८५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमामा ६३ रुपैयाँ देखि ६४ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । त्यस्तै सावधिक तथा आजीवन जीवन बीमालेखमा ६४ देखि ८५ रुपैयाँ बोनस दर कायम गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर घोषणा गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३० रुपैयाँ देखि ७० रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ । त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३० रुपैयाँ देखि ५० रुपैयाँ सम्म बोनस दर कायम रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स
प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम ३० देखि अधिकतम ७६ रुपैयाँसम्मको बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ देखि ६५ रुपैयाँसम्मको बोनसदर सार्वजिनक गरेको छ भने प्राइम जीवन उपहार (अग्रीम भुक्तानी सवाधिक) मा ३० रुपैयाँसम्म बोनसदर तोकेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम ३८ देखि अधिकतम ७३ रुपैयाँसम्मको बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सवाधिक जीवन बीमालेखमा ३८ देखि ७३ रुपैयाँसम्म बोनसदर तोकेको छ भने सावधिक तथा आजिवन बीमालेखमा ३८ देखि ७३ सम्म र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत ४५ देखि ६३ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।

मेट लाइफ इन्स्योरेन्स
मेट लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम ५० देखि ८५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ६५ देखि ८० रुपैयाँ सम्म, सावधिक बीमालेख ९एजुकेशन प्रोटेक्सन प्लान०मा ६५ देखि ८५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख ९थ्रिपीपी०मा ५० देखि ७० रुपैयाँसम्म बोनसदर तोकेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम २० रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । कम्पनीले सावधिक, सावधिक तथा आजीवन बीमा योजनामा ३५ रुपैयाँ देखि ७० रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४५ रुपैयाँ देखि ५० रुपैयाँ र अन्य ९वार्षिक अग्रिम भुक्तानी– मुद्धती० बीमा योजनामा २० रुपैयाँ देखि २५ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स
महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम न्यूनतम ५० देखि अधिकतम ५२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

कम्पनीले महालक्ष्मी सावधिक र महालक्ष्मी सरल जीवन बीमा योजनामा प्रति हजार बीमांकमा ५० रुपैयाँ देखि ५२ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ । यस्तै महालक्ष्मी जीवन हेरचार जीवन योजनामा ५० देखि ५१ रुपैयाँ बोनस दर कायम गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम ६५ देखि अधिकतम ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

कम्पनीले सवाधिक तथा सामुहिक जीवन बीमा बीमालेख अन्तर्गत ९सुरक्षित जीवन, जीवन ज्योति, रुलर इन्डेमेन्ट एसुरेन्स, केटाकेटी, बालशिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी० मा योजनामा ६५ देखि ८२ सम्मको बोनसदर घोषणा गरेको छ ।त्यस्तै कम्पनीले सर्वाधिक तथा आजीवन (जीवन साहारा) मा ६५ देखि ८२ सम्मको बोनसदर घोषणा गरेको छ ।

सानिमा लाइफ इन्स्योरेन्स
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँ सम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेख ९ वर्ष अवधिसम्मको हकमा बोनसदर प्रति वर्ष प्रतिहजार ३५ रुपैयाँ कायम भएको छ ।

कम्पनीका अनुसार यो अवधिको बीमालेख ९५ वटा जारी भएका छन्। । २५ वर्ष वा सो भन्दा माथि अवधिको बीमालेख खरिद गरेका बीमितले भने प्रतिहजार ६५ रुपैयाँ प्राप्त गर्ने छन्।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम प्रतिहजार १३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । आईएमईको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २६ रुपैयाँ निर्धारण गरेको छ ।

यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि भने प्रतिहजार ७० रुपैयाँ कायम भएको छ । कम्पनीले यो बीमालेख १५देखि १९ वर्ष अवधिका मानिसहरुलाई मात्रै १२ हजार ४२९ वटा बीमालेख बिक्री गरेको छ ।

सावधिकर अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा न्युनतम २६ रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ । त्यस्तै अग्रिम भुक्तानी सावधिक बीमालेखको बोनसदर पनि न्युनतम २६ रुपैयाँदेखि ७० रुपैयाँ नै रहेको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक ‘धन सरिता’ बीमालेखको बोनसदर भने प्रतिहजार १३ रुपैयाँ मात्रै रहेको छ ।

त्यस्तै, कम्पनीले सवाधिक जीवन बीमालेखमा ३५ देखि ६५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ भने सवाधिक तथा आजीवन बीमालेखमा पनि ३५ देखि ६५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँ सम्मको बोनसदर घोषणा गरेको छ ।

कम्पनीले सावाधिक जीवन बीमा योजनामा ४५ रुपैयाँदेखि ८१ रुपैयाँसम्म, बालबालिकाको सावधिक जीवन बीमालेखमा ५० रुपैयाँदेखि ८१ रुपैयाँसम्म,सावाधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६० रुपैयाँदेखि ८७ रुपैयाँसम्म ,अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा भने कम्पनीले न्युनतम ५० रुपैयाँदेखि ८४ रुपैयाँसम्म, नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेखको हकमा कम्पनीले न्युनतम ४३ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर कामय गरेको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को लागि न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ सम्मको बोनसदर घोषणा गरेको छ ।

कम्पनीले रिलायबल सावधिक जीवन बीमा योजनामा प्रति हजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, रिलायबल लघु सावधिक जीवन बीमा योजनामा सबै बीमा अवधिको लागि प्रतिश हजार ३० रुपैयाँ, बीमा सिमित लघु सावधिक जीवन बीमा योजनामा सबै बीमा अवधिको लागि प्रति हजार ३० रुपैयाँ, रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजनामा सबै बीमा अवधिको लागि प्रति शजार १३ रुपैयाँ, रिलायबल सुलभ जीवन बीमालेखमा न्युनतम २० रुपैयाँदेखि ३७ रुपैयाँसम्म, रिलायबल उच्च शिक्षा योजना(बाल बच्चाको सावाधिक बीमालेख)  मा न्युनतम ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म, सावाधिक तथा आजीवन बीमा योजनामा सबै बीमा अवधिको लागि ३० रुपैयाँ र रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ बोनसदर कायम भएको छ ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीः यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६को लागि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँ सम्मको बोनसदर घोषणा गरेको छ ।

 

IME Lifesidebar
kumari