stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएलजी इन्स्योरेन्सको साधारण सभा मंसिर ५ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्सले मंसिर ५ गते १४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा कम्पनीले वेबिनार मार्फत सभा गर्न लागेको जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

साधारणसभामा कम्पनीले आर्थिक वर्ष ७५र७६ को मुनाफाबाट ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सभामा आर्थिक वर्ष ७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, शेयरधनी समायोजन गर्ने, सोहि अनुसार प्रन्बंधपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव रहेका छन् ।

prabhu mahalaxmi
kumari