stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमाशुल्क १२ प्रतिशतले बढ्यो

नाफा ३६ करोड ४९ लाख

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको नाफा बाहेक अधिकांश सूचक बढेका छन् ।

३ अर्ब २ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङमा १७ करोड २० लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५७ करोड ४३ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा ९ करोड ७५ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा १ अर्ब ८६ रहेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ३० करोड ३६ लाख रुपैयाँ रहेको थियो । अन्य इक्विटीमा ५३ करोड ८० लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा ७ करोड ८९ लाख रुपैयाँ रहेको थियो । स्पेसल रिर्जभमा १ अर्ब ६७ करोड रहेको थियो ।

समीक्षा वर्षमा कम्पनीले ३ अर्ब ९४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।

यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ५८ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १८ करोड रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले समीक्षा वर्षमा १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब २१ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.२६ प्रतिशतले बढेको हो ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ३६ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ५७ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।

समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ५ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४६.२३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ४४ पैसा रहेको छ ।

IME Lifesidebar
kumari