stcnepal long ad
ime life insurance
global ime bank long

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र साधारण सभा प्रयोजनार्थ कम्पनीले भोलि वैशाख २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

आज वैशाख २२ गतेसम्म कायम शेयरधनीहरुमात्रै इन्स्योरेन्स कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।

इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा आउँदो जेठ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। साधारण सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

साधारण सभाले गत आर्थिक वर्ष २०८/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको २ अर्ब १५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्।

सोही साधारण सभाले सातौँ वार्षिक साधारण सभाबाट पारित चुक्तापुँजीको १७ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने निर्णय पुनरावलोकन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

अब आठौँ वार्षिक साधारण सभाबाट पारित बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीमा हकप्रद शेयर सहितको विवरण पुनरावलोकन गर्न सक्ने अधिकार तथा संशोधन प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख वा स्वीकृति गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम संशोधन तथा परिवर्तन गर्न र अन्य कार्यहरुसमेत गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

prabhu mahalaxmi
kumari