stcnepal long ad
global ime bank long

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र सभा प्रयोजनार्थ कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ आज चैत २५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारण सभा आउँदो वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको हो। साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९.१५७९ प्रतिशत लाभांश पारित गर्नेछ।

जसमा ८.७ प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४५७९ प्रतिशतले हुन आउने ७७ लाख ८८ हजार ५८८ रुपैयाँ बराबरको नगद लाभांश छन्।

लाभांश वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

साधारण सभाले संस्थागत उत्तरदायित्व अन्तर्गतका खर्च पारित गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न नियामकहरुबाट प्राप्त रायसुझाव समावेश गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही साधारण सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेछ। साधारण सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

IME Lifesidebar
kumari