stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

मधेश प्रदेशमा उत्कृष्ट बीमा व्यवसाय गर्ने नेशनल लाइफ सिईओ क्लब सदस्यहरु सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मधेश प्रदेशमा उत्कृष्ट बीमा व्यवसाय गरी सिईओ क्लव सदस्य बिजेता बनेका बीमा अभिकर्ताहरुलाई  एक भव्य कार्यक्रमका बीचमा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका सिईओ सुरेश खत्रीको उपस्थितिमा जनकपुरस्थित मिथिला यात्रीमा भव्य समारोहका बीचमा सिईओ क्लव बिजेताहरुलाई सम्मान गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट सिईओ क्लव सदस्य चयन भएका ७७ जना अभिकर्ताहरु सहित विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरेका थिए । नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे । सोही कार्यक्रममा मधेश प्रदेशबाट आफ्नो कोड र संजालमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सम्मानका क्रममा, प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै सबै तहका अभिकर्ताहरुको लागि अभिकर्ता मैत्री योजना ल्याउने क्रममा बार्षिक रुपमा प्रदेश स्तरिय कार्यक्रम गर्ने गरी सिइओ क्लबको अवधारणा ल्याएको र यस अवधारणा अन्तर्गत सिइओ क्लबमा नेपालभरबाट १६०० जना भन्दा बढि अभकिर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको जानकारी दिए । साथै उनीहरुलाई बधाई ज्ञापन गर्दै अझै बीमा व्यवसायमा अभिप्रेरित गरेका थिए ।

सो समारोहमा उपस्थित अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता अभिवृद्धि गर्ने सम्वन्धमा विभिन्न उदाहरण मार्फत महत्वपूर्ण तालिम प्रदान गरेका थिए । यसैगरी सो प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरु मध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरेका थिए ।

prabhu mahalaxmi
kumari