stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२६ सम्मान कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वर्ष २०२६ का लागि योग्य भएका एमडीआरटीलाई सम्मान गरेको छ । माघ १० देखि १२ गतेसम्म चितवनको सोल्टी वेष्टण्ड रिसोर्टमा आयोजित विशेष कार्यक्रम अन्तर्गत आईतबार उनीहरूलाई सम्मान गरिएको हो ।

तीन जना सीओटी र ५४ जना एमडीआरटीलाई कम्पनीले सम्मान गरेको हो । उनीहरूलाई कम्पनीका सञ्चालक सदस्य सचिन आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहाल लगायतले खदाले सम्मान गर्नुका साथै ट्रफी प्रदान गरेका थिए ।

सीओटी बिमल ढकाल, लक्ष्मीदेवी शर्मा गौतम र रवीन्द्र तिमम्सिनालाई ट्रफिसहित एक लाख तीस हजार रुपैयाको चेक समेत प्रदान गरिएको थियो । कार्यक्रममा कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहेको थियो ।

कम्पनीका बागमती प्रदेश प्रमुख हरि शर्माले स्वागत गरेको कार्यक्रम लुम्बिनी प्रदेश उपप्रमुख जुना कुँवर र सुदूरपश्चिम प्रदेश उपप्रमुख टेकराज आचार्यले सञ्चालन गरेका थिए ।

IME Lifesidebar
kumari