सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९ औँ वार्षिक साधारणसभा सम्पन्न
प्रस्तावित लाभांश अनुमोदन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ बराबरको नगद लाभांश अनुमोदन गरेको छ ।
साधारण सभाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरिएको रकम पारित गरेको छ ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ । साधारण सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको हो ।




























