stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा पुष ३० गते 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले ३८औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा नेशनल लाइफ भवन केन्द्रिय कार्यालय लाजिम्पाटमा पुष ३० गते बिहान १०:३० बजेका लागि बोलाएको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ८.५ प्रतिशत नगद र ४ प्रतिशत बोनस लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, साधारण सभाले गत आर्थि वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, बासलात, आय–ब्यय हिसाब, नाफा–नोक्सान हिसाबममाथि छलफल गरी पारित गर्ने छ । चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा रहेको हो ।

साधारण सभाको एजेण्डामा कम्पनीको चुक्तापूँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने र प्रबन्धपत्रको दफा ४ (५) को हालको लगानी सम्बन्धी ब्यवस्था थप परिमार्जन गर्ने समेत रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीकोले पुष १७ गते बुक क्लोज गर्ने भएको छ । भदौ १६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari