stcnepal long ad
global ime bank long

जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जनामाथि बीमा प्राधिकरणले कारबाही गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी करिब एक दर्जन व्यक्तिमाथि कारबाही गरेको छ।

प्राधिकरणले परीक्षामा अनियमितता गरेको भन्दै ११ जना परीक्षार्थीमाथि कारबाही गरेको हो। ती परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।

कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य र तनहुँ ब्यासका अमृत नेपाली छन्। शाह हिमालयन लाइफ, आचार्य नेपाल लाइफ र नेपाली सूर्यज्योति लाइफका तर्फबाट परीक्षामा सहभागी भएका थिए।

यसैगरी प्राधिकरणले संखुवासभा पाथीभराका छिरिङ डोमा शेर्पा, सर्लाही लालबन्दीकी कान्तिकुमारी शर्मा र पर्वत जलजलाकी सिर्जना शर्मालाई पनि परीक्षामा अनियमितता गरेको भन्दै कारबाही गरेको छ। यी तीनैजना सन नेपाल लाइफबाट परीक्षामा सहभागी भएका थिए।

कारबाहीमा पर्ने अन्यमा कपिलवस्तु भृकुटीका सन्दीप थारु, लमजुङ दूधपोखरीका रमेशचन्द्र दवाडी र लमजुङ दोर्दीकी आश्का मिश्र पौडेल छन्। थारु सन नेपाल लाइफ, दवाडी नेपाल लाइफ र पौडेल सूर्यज्योति लाइफबाट परीक्षामा सहभागी भएका थिए।

प्राधिकरणले भक्तपुर सूर्यविनायकका विवेक बिष्ट र कास्की रुपाका मन्दीप सुवेदीलाई पनि परीक्षामा अनियमितता गरेको भन्दै कारबाही गरेको छ।

यी दुवैजनालाई एसियन लाइफबाट परीक्षामा सहभागी भएका थिए। कारबाहीमा परेका सबैलाई ३ महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाइएको प्राधिकरणले जनाएको छ।

IME Lifesidebar
kumari